मार्सल आर्ट विश्व च्याम्पियनलाई कुनै गल्ती बिना प्रहरी अधिकारीले टाउकोमा गोली हाने

डिसी नेपाल
२३ साउन २०७९ १०:२५
39.6k
Shares

ब्राजिलको जिउ-जित्सु च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी लिआन्ड्रो लोलाई साओ पाउलोको नाइट क्लबमा गोली प्रहार गरिएको छ । जिउ जित्सु एक ब्राजिलियन मार्शल आर्ट र कम्ब्याट खेल हो जुन ग्राउण्ड फाइट र सबमिशन होल्डमा आधारित छ।

३३ वर्षीय लिआन्ड्रो लो नाइट क्लबमा थिए जब उनीमाथि गोली प्रहार भएको थियो । प्रारम्भिक जानकारी अनुसार अफ ड्युटी प्रहरी अधिकारीले उनीमाथि गोली चलाएका थिए। गोली हानेपछि उनी फरार छन् ।

आक्रमण लगत्तै लोलाई अस्पतालमा भर्ना गरिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई ब्रेन डेड घोषणा गरेका थिए। लो जिउ जित्सु एथलीट च्याम्पियनसिपको अहिलेसम्मकै सबैभन्दा सफल खेलाडी भएका छन्। उनी आठ पटक विश्व च्याम्पियनसिपको विजेता बनेका छन् ।

प्रहरी रिपोर्टका अनुसार अफ ड्युटी प्रहरी अधिकारीहरूले सिसाको बोतलले मानिसहरूलाई डराउन खोजेको स्थानीयले बताए। यसैबीच, लु आए र प्रहरी-अधिकारीलाई त्यहाँबाट जान भने ।

यसैबीच प्रहरी अधिकारीले आफ्नो बन्दुक निकालेर लुको निधारमा गोली हाने । लुलाई तुरुन्तै अस्पताल लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई ब्रेन डेड घोषणा गरेका थिए। प्रहरीका अनुसार ज्यान मार्ने उद्योग मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *