इजरायद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार

डिसी नेपाल
२३ साउन २०७९ १०:३४
92
Shares

गाजा सिटी। इजरायलले आइतवार गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको छ। तीन दिनको तीव्र द्वन्द्वपछि इजरायल इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको हो।

गत वर्ष ११ दिने युद्धले करिब २३ लाख प्यालेस्टिनी बसोबास गर्ने तटीय क्षेत्रलाई ध्वस्त पारेपछि गाजामा भएको पछिल्लो लडाइँ अन्त्य गर्न इजिप्टले सम्झौता गर्न सहयोग गर्ने विश्वास गरिएको छ।

शुक्रबारदेखि इजरायलले गाजमा इस्लामिक जिहादीका आश्रयमा भारी हवाई तथा तोपखानामार्फत हमला गरेको थियो। जबाफमा लडाकुहरूले सयौँ रकेट प्रहार गरेका थिए।

शुक्रबारदेखि भएको हमलामा ६ बालबालिकासहित ३१ प्यालेस्टिनी मारिएका छन् भने २७५ जना घाइते भएका छन्। गोलाबारी धेरै भवन ध्वस्त भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। दुई इजरायलीहरू छर्राबाट घाइते भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *