चीनले आइतबार सकिने घोषणा गरेको ठूलो सैन्य अभ्यास रोकेन, आक्रमणको तयारी गरिरहेको त्रास

डिसी नेपाल
२३ साउन २०७९ १५:३९
584
Shares

काठमाडौं । चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ। चीनको यो सैन्य अभ्यास आइतबार सकिएको थियो । अमेरिकी कंग्रेसका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले यो अभ्यास सुरु गरेको हो।

चिनियाँ सेनाको पूर्वी कमाण्डले आफूहरूले पनडुब्बी विरोधी आक्रमणको अभ्यास गरिरहेको बताएको छ। अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनलाई सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । ताइवानले यस क्षेत्रलाई खतरामा पार्ने भन्दै यसलाई अनुचित व्यवहारको रूपमा वर्णन गरेको छ।

चीनले ताइवानलाई आफ्नो विद्रोही राष्ट्र मानेको छ । एक चीन नीति अन्तर्गत चीन कुनै पनि देशले ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा व्यवहार गरेको चाहँदैन।

गत हप्ता अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको चीनले कडा विरोध गरेको छ। चीनले यो भ्रमणलाई ‘एक चीन नीति’ विरुद्धको ठानेको छ ।

पछिल्लो २५ वर्षमा अमेरिकाको यति ठूलो नेता ताइवान पुगेको यो पहिलो पटक हो । चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘धेरै खतरनाक’ भनेको छ ।

चीनका उपविदेशमन्त्री शि फेङले यसलाई दुर्भावनापूर्ण भनेका छन् र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले चीन हात बाँधेर नबस्ने बताएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *