‘युक्रेन युद्धमा ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ’

डिसी नेपाल
२४ साउन २०७९ ६:४२
276
Shares

न्युयोर्क। २४ फेब्रुवरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका छन्।

‘६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ’, रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने। यो अवधिमा रुसी सेनाले तीन देखि चार सशस्त्र वाहनहरू पनि गुमाएको पनि उनले बताए।

युद्धको सुरुमा रुसीहरुले रूसी राष्ट्रपति भ्लादमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी गरेका छन्। रुसले युक्रेनविरुद्धको हमला तीब्र पारिहेका बेला किभलाई पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *