प्रेमीको पत्नीलाई ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश !
बेइजिङ। चीनको एक अदालतले एक युवतीलाई आफ्नो प्रेमीको पत्नीलाई ३ दशमलब ७९ मिलियन युआन क्षतिपूर्ति दिन फैसला गरेको छ। उनीहरूको सम्बन्धलाई कानुनले मान्यता नदिएको भन्दै अदालतले यस्तो फैसला गरेको हो। अदालतले महिलाको पक्ष फैसला गर्दै प्रेमीकी श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको हो।
उत्तरपूर्वी चीनको लिओनिङस्थित झुआङ्घेको जनअदालतले जारी गरेको कागजातअनुसार वादी ली उपनामकी महिला र उनका पति वाङले सन् १९९१ मा विवाह गरेका थिए। सन् २००८ मा वाङले सिआओक्सिया नाम गरेकी अर्को महिलासँग विवाहइतर सम्बन्ध सुरु गरेका थिए।
केही वर्षअघि लीले आफ्ना पतिको अफेयरबारे थाहा पाएकी थिइन्। पतिले उनलाई नियमित पैसा पठाउने गरेको उनले पत्ता लगाएकी थिइन्। सन् २०१३ देखि २०२० को अवधिमा वाङले प्रेमिकालाई १.४७ मिलियन युयान रकम, १.४५ मिलियन मूल्यका दुई ओटा अपार्टमेन्ट र एउटा महंगो कार दिएको खुलासा भएको थियो।
सियाओक्सियाले वाङ विवाहित थिए भनेर आफूलाई कहिल्यै पत्तो नभएर उनले वर्षौंदेखि वाङबाट प्राप्त गरेको पैसा बालकको सहयोगका लागि प्रयोग गरिएको तर्क गरेकी थिइन् । तर, अदालतले यो मुद्दा सम्पत्तिको स्वामित्वको बारेमा भएको भन्दै प्रेमीको पत्नीको पक्षमा वकालत गरेको थियो ।







डिसी नेपाल







Facebook Comment