क्रिमियामा रुसी सैन्य अखडाहरूमा विष्फोटको पछाडि कसको हात छ ? युक्रेनको आफुले नगरेको बतायो
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र क्रिमियाको स्वतन्त्रतासँगै अन्त्य हुने बताएका छन् । युक्रेनका राष्ट्रपतिले क्रिमियामा रहेको रुसी एयरबेसमा शृङ्खलाबद्ध विष्फोटपछि सञ्चारमाध्यमसँग कुरा गर्दै थिए । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ ।
जेलेन्स्कीले मंगलबारको विष्फोटको उल्लेख गरेनन् तर भने, “क्रिमिया युक्रेनको हिस्सा हो र हामी यसलाई फिर्ता लिने प्रयास कहिल्यै छोड्ने छैनौं।” रुसको विदेश मन्त्रालयले एयरबेसमा राखिएको गोलाबारुद विस्फोटका कारण घटना भएको बताएको छ । यसैबीच युक्रेनले पनि एयरबेसमा भएको विस्फोटमा संलग्नता अस्वीकार गरेको छ ।
अर्को घटनामा, युक्रेनी अधिकारीहरूले युक्रेनको द्वीप्रोपेट्रोभस्कमा रुसी आक्रमणमा ११ जनाको ज्यान गएको बताए। क्रिमिया अन्तर्राष्ट्रिय रूपमा युक्रेनको भाग हो, तर कालो सागरमा अवस्थित यो क्षेत्र रूसले २०१४ मा कब्जा गरेको थियो। रुसले क्रिमियालाई गाभेको जनमत संग्रहलाई विश्वले स्वीकार गर्दैन। अधिकांश युक्रेनीहरूले पनि वर्तमान युद्धको सुरुवातको रूपमा यही घटनालाई हेर्छन्।
क्रिमियाको पश्चिममा रहेको साकी सैन्य आधारमा हिजो विष्फोट भएको थियो । यस बेसको नजिकै रहेको नोवोफेदोरिभका नामक क्षेत्र रुसी पर्यटकहरूमाझ धेरै प्रसिद्ध छ। नोवोफेदोरिभका र साकी क्रिमियामा स्थित छ, सेभास्तोपोलबाट मात्र ५० किलोमिटर टाढा छ । रूसी सेनाको सबै भन्दा ठूलो बेस सेभास्तोपोलमा छ। रूसको ब्ल्याक सी फ्लीट यहाँ तैनाथ छ।
युक्रेनको आर्थिक र सैन्य नाकाबन्दी पनि यही रुसी सैन्य अखडाबाट हुँदै आएको छ । यहीँबाट रुसले युक्रेनको भित्री भागमा आक्रमण गरिरहेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा विष्फोटपछि समुद्र तटमा छुट्टी मनाइरहँदा भागदौड मच्चिएको देख्न सकिन्छ । केही प्रत्यक्षदर्शीले १२ वटा विस्फोटको आवाज सुनेको बताएका छन् ।
क्रिमियामा रुसी अधिकारीहरूले विस्फोटमा एक जनाको मृत्यु भएको र आठ जना घाइते भएको बताएका छन्। रुसको रक्षा मन्त्रालयले आफ्नो लुकेको सैन्य आधारमा भण्डारण गरिएको गोला बारुदका कारण विष्फोट भएको स्पष्ट पारेको छ । विष्फोटको कुनै बाह्य आक्रमणसँग कुनै सम्बन्ध नरहेको मन्त्रालयले जनाएको छ ।
बीबीसीले रुसी सरकारको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले रुसी अखडामा भएको आक्रमणमा आफ्नो हात रहेको कुरा अस्वीकार गरेका छन् । उनले एक टिभी च्यानललाई भने, “बिल्कुल होइन। यो आक्रमणसँग हाम्रो के सरोकार छ?”
रुसले क्रिमियामा हुने कुनै पनि आक्रमणलाई गम्भीरतापूर्वक लिनेछ। गत महिना पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले क्रिमियालाई निशाना बनाएमा युक्रेनले विनाशको सामना गर्नुपर्ने बताएका थिए। मंगलबारको आफ्नो भाषणमा जेलेन्स्कीले क्रिमियाको बारेमा धेरै कुरा भने।
“हामी बिर्सन सक्दैनौं कि युक्रेन विरुद्धको रुसी युद्ध क्रिमियामा रुसी कब्जाबाट सुरु भएको थियो। र क्रिमियाको स्वतन्त्रतासँगै युद्धको अन्त्य हुनेछ,” उनले भने।
जेलेन्स्कीको भर्खरका टिप्पणीहरूले सुझाव दिन्छ कि उनी युद्धको अन्त्य हुनु अघि क्रिमिया फिर्ता लिन चाहन्छन्। तर विगतमा उनीहरूले क्रिमियाको बारेमा फरक अडान लिएका छन्।
उनले यसअघि भनेका थिए कि यदि रुस २४ फेब्रुअरी २०२२ मा यथास्थितिमा फर्किए युक्रेन युद्ध रोक्न तयार हुनेछ। यसको अर्थ क्रिमियालाई फेरि आफ्नो नियन्त्रणमा लिनु युद्ध रोक्ने शर्तमा समावेश थिएन।







डिसी नेपाल







Facebook Comment