चीन किन दक्षिण कोरियाको अमेरिकी मिसाइल रक्षा कवचका कारण समस्यामा छ?

डिसी नेपाल
२६ साउन २०७९ १५:०२

काठमाडौं । चीन र दक्षिण कोरिया अमेरिकी क्षेप्यास्त्र रक्षा कवचलाई लिएर आमने सामने छन्। चीनले टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्सबाट आफ्नो सुरक्षामा खतरा रहेको बताएको छ । यो शक्तिशाली राडार प्रणालीले आफ्नो क्षेत्रलाई असर गर्छ भन्ने चीनको विश्वास छ।

उत्तर कोरियाको धम्की र खतरासँग लड्न दक्षिण कोरियाले सन् २०१६ मा यो अमेरिकी रक्षा प्रणाली स्थापना गरेको थियो । यसपछि चीन र दक्षिण कोरियाको सम्बन्धमा निकै दुरी बढेको छ । दक्षिण कोरियाले आफ्नो देशको सुरक्षा बलियो बनाउन यस्तो गरिरहेको बताएको छ भने चीनले थप ब्याट्रीहरू प्रयोग नगर्न र विद्यमान प्रयोगलाई कम गर्न माग गरेको छ।

राडार प्रणालीले छोटो र मध्यम दूरीका ब्यालिस्टिक मिसाइलहरू पत्ता लगाउँछ र उडानको अन्तिम चरणहरूमा तिनीहरूलाई खसाल्छ। यो प्रणालीले हिट-टू-किल प्रविधि प्रयोग गर्दछ। यसमा काइनेटिक एनर्जीले दुश्मन पक्षबाट आउने मिसाइललाई नष्ट गर्छ । यसको २०० किमी को दायरा छ र १५० किमीको उचाइ सम्म काम गर्दछ। उत्तर कोरियाको सम्भावित आक्रमणबाट बच्न अमेरिकाले गुआम र हवाईमा यो प्रणाली तैनाथ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *