आमिर खानको लाल सिंह चड्ढा अनलाइनमा लिक !

डिसी नेपाल
२६ साउन २०७९ १६:१२

काठमाडौं । आमिर खानको बहुप्रतिक्षित फिल्म लाल सिंह चड्ढा आजबाट हलमा रिलिज भएको छ । चलचित्रलाई लिएर मानिसहरुको मिश्रित प्रतिक्रिया आइरहेको छ । तर, आमिरको फिल्मलाई धेरैले मन पराइरहेका छन् । सेलिब्रेटीदेखि लिएर धेरै फ्यानहरुले फिल्मलाई ब्लकबस्टरको रुपमा व्याख्या गरिरहेका छन् । आमिरको अभिनयको पनि निकै तारिफ भइरहेको छ । तर यो खबरले आमिरलाई झट्का लाग्न सक्छ ।

बाइकट ट्रेन्डका कारण आमिर खानको फिल्मलाई लिएर निकै चर्चा चलेको छ । धेरै मानिसहरु आमिरको फिल्म हेर्न निकै उत्साहित छन् । तर आमिर खानको समस्या कम हुने नाम लिइरहेको छैन । आमिरको ड्रीम प्रोजेक्ट लाल सिंह चड्ढा आज रिलिज भएको छ र अहिले यो फिल्म अनलाइन लिक भएको खबर आएको छ ।

हो तपाईले सहि पढ्नुभयो। रिपोर्टका अनुसार, लाल सिंह चड्डा तमिलरकर्स, फिल्मरुल्ज र पाइरेसीमा आधारित धेरै वेबसाइटहरूमा लीक भएको छ। टेलिग्राममा पनि फिल्म लीक भएको छ । केही टेलिग्राम समूहलाई फिल्म नि:शुल्क डाउनलोड गर्ने विकल्प दिइएको बताइएको छ ।

रिलिजको दिनमै फिल्म लीक भएपछि लाल सिंह चड्ढाको व्यापारमा असर पर्न सक्छ । आमिर खानले आफ्ना फ्यानहरूलाई फिल्म हेर्न सिनेमाघरमा गएर हेर्न आग्रह गरेका थिए । यस्तो अवस्थामा फिल्म लीक भएपछि मानिसहरुले यसलाई अनलाइन हेरे भने यसको प्रत्यक्ष असर फिल्मको कमाईमा पर्नेछ । तर अनलाइनमा फिल्म लीक भएको यो पहिलो पटक भने होइन । यसअघि पनि कयौं फिल्महरु लिक भइसकेका छन् ।

लाल सिंह चड्ढा ओस्कार विजेता हलिउड फिल्म फरेस्ट गम्पको रिमेक हो। यो फिल्म हलमा रिलिज भएको छ । बक्स अफिसमा आमिर खानको फिल्म अक्षय कुमारको रक्षा बन्धनसँग भिड्दैछ । अब हेरौँ कुन फिल्मले दर्शकको बढी माया पाउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *