अलिबाबाद्वारा दश हजार कर्मचारी कटौती
काठमाडौं। विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ। आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएको भन्दै अलिबाबाले पहिलो पटक ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेको हो।
देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारीहरु निकालिएको बिभिन्न सञ्चार माध्यमले जनाएका छन्।
गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्त विवरणअनुसार खुद आम्दानी २२.७४ अर्ब युआन कायम भएको थियो भने अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आम्दानी ४५.१४ अर्ब युआन थियो। जसका कारण चालु आर्थिक बर्षमा आम्दानीको दर घटेको र सम्भाब्य आथिक क्षतीलाई न्युनीकरण गर्नका लागि अलिबाबाले सो मात्रामा कर्मचारी कटौती गर्नु परेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment