युवा दिवसको अवसरमाा युवा संघको रक्तदान कार्यक्रम
काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले रक्तदान कार्यक्रम गरेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संघले शुक्रबार काठमाडौंमा रक्तदान कार्यक्रम गरेको हो । युवा संघ केन्द्रीय कमिटी, अन्तर जिल्ला विशेष प्रदेश कमिटी र वाग्मती प्रदेश कमिटीले संयुक्त रुपमा रक्दान कार्यक्रम आयोजना गरिएको युवा संघ प्रचार प्रसार तथा प्रवक्ता विभागका उपप्रमुख विक्रम केसीले जानकारी दिए ।

‘अन्तरपुस्ता ऐक्यवद्धताः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने नारासाथ नेपालमा पनि आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।








प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment