सलमान रुस्दीमाथि हमलापछि लेखिका तस्लिमा नसरीनले इस्लामबारे के भनिन् ?
काठमाडौं । बंगलादेशकी निर्वासित लेखिका तस्लिमा नसरीनले लेखक सलमान रुस्दीमाथि भएको घातक हमलापछि टिप्पणी गरेकी छन् । उनले ट्वीट गरिन्, ‘यदि उनीमाथि आक्रमण गर्न सकिन्छ भने इस्लामको आलोचना गर्ने जो कोहीलाई पनि आक्रमण गर्न सकिन्छ।’
तस्लिमा नसरीन पनि सन् १९९४ मा आफ्नो किताबका कारण बंगलादेशबाट भागेर भारतमा शरण लिइन् ।
उनले ट्वीटमा लेखेकी छिन्, ‘मैले थाहा पाएँ कि सलमान रुस्दीमाथि न्यूयोर्कमा हमला भएको छ । म साँच्चै स्तब्ध छु। यस्तो हुन्छ होला भनेर सोचेको पनि थिइनँ । पश्चिममा बस्दै आएका उनले सन् १९८९ देखि सुरक्षा पाएका थिए । यदि उनलाई आक्रमण गर्न सकिन्छ भने इस्लामको आलोचना गर्ने जो कोहीलाई पनि आक्रमण गर्न सकिन्छ। म चिन्तित छु।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment