बेहुली बनेर सजिइन् १२ वर्षकी बालिका, ७० वर्षका बेहुला पनि तयार भए, त्यसपछि…

डिसी नेपाल
२८ साउन २०७९ १२:२१
160
Shares

काठमाडौं । केही गाईको लोभमा १२ वर्षीया बालिकाको विवाह ७० वर्षका पुरुषसँग तय गरियो । बालिकालाई भने दाजुको बिहेमा जानुपर्ने बताइएको थियो । तर जब उनले वास्तविकता थाहा पाइन् तब उनी छक्क परिन् । यो सम्पूर्ण योजना बालिकाका काकाको थियो।

डेली मिररका अनुसार घटना केन्याको हो । दुई महिनाअघि अमिरा निकै उत्साहित थिइन् । उसलाई दाजुको बिहे हुने बताइयो । परिवार उत्सवको लागि गारिसा टाउन जाने तयारीमा थिए।

अमिराले भनिन्- मैले लगाउनको लागि नयाँ लुगा थियो, उनीहरू मेरो हातमा मेहन्दी लगाइरहेका थिए। त्यहाँ उत्सव हुन गइरहेको थियो र म विभिन्न परिकार खान जाँदैछु।’ अमिरा यो कार्यक्रमका लागि निकै उत्साहित थिइन् किनभने यस क्षेत्रले ठूलो खडेरी र परिवारहरू भोकमरीको सामना गरिरहेको छ।

तर पछि अमिराले आफ्नो दाजुको बिहेको बहानामा ७० वर्षको वृद्धसँग आफ्नो बिहे गर्न सबै कुरा गरिरहेको थाहा पाइन् । यो विवाह उनका काकाले दाइजोमा गाई पाउनका लागि योजना बनाएका थिए । केन्यामा सन् १९९० देखि बालविवाह प्रतिबन्धित छ ।

अमिराकी आमाको क्यान्सरका कारण एक वर्षअघि निधन भएको थियो । यसपछि बाबुले एक्लै तीन सन्तान हुर्काए । अमिरा उनकी कान्छी र एक्ली छोरी हुन्। अहिले अमिराका बुबा गाईवस्तु पाल्ने काममा व्यस्त छन् । बच्चाहरूको हेरचाह काकालाई सुम्पिएको छ।

बिहेको दिनको बारेमा बताउँदै अमिराले भनिन्, ‘त्यस दिन म मेरा एक आफन्तसँग बसमा यात्रा गर्दै थिएँ । मलाई दाजुको बिहेमा जाँदैछौँ भनियो । म धेरै उत्साहित थिएँ। तर केहि समय पछि, मलाई गलत भएको शंका लाग्यो।’

वास्तवमा अमिराका काका लगातार तनावमा कसैलाई फोन गरिरहेका थिए । वास्तविकता थाहा पाएपछि अमीरा रुन थालिन्, उनी रिसाएकी थिइन् र आफूलाई धोका दिएको महसुस गरिन् । उनले भनिन्- मसँगै उपस्थित आफन्तले मलाई सहयोग गर्ने थिएनन्, जे गर्दै थिए, काकाको इजाजतमा गरिरहेका थिए ।

तर यात्राको क्रममा बस रोकिँदा अमिराले आफ्नो सौतेनी दाइ प्रहरीसँगै सडकको छेउमा उभिरहेको देखेकी थिइन् । वास्तवमा, उनको सौतेनी दाइलाई पनि अमिराको विवाहको बारेमा थाहा थियो र उनले विवाह रोकिदिए ।

अमिराले भनिन्– म धेरै खुसी भएँ । मलाई त्यो वृद्धसँग बिहे गर्न मन थिएन । अमिराको परिवार निकै गरिब छ किनभने खडेरीका कारण उनका बुबाका धेरै गाई मरे र अधिकांश बाख्रा पनि मरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *