नेपाली आत्माबाट चल्ने कुनै दल छ भने एमालेसँग ‘सिंगल सिंगल’ भिड्न आउन् : गोकुल बाँस्कोटा (भिडियो)

डिसी नेपाल
२९ साउन २०७९ २२:३३
392
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाली आत्माबाट चल्ने कुनै दल छ भने एमालेसँग ‘सिंगल सिंगल’ भिड्न चुनौती दिएका छन् । डिसी नेपालसँगको अन्तर्वार्तामा उनले एमाले एक्लो हुँदा पनि आफ्नै नीतिमा अडिक रहेको बताएका छन् ।

उनले हालको गठबन्धनमा आबद्ध माओवादी केन्द्र र नेकपा एसलाई कसैको इच्छा पूर्ती गर्नका निम्ती इर्ष्या र कुण्ठाले बामपन्थी आन्दोलनलाई दक्षीणपन्थी विसर्जनवादमा पुगेर सेलाउनका लागि जन्मेका बिभुषणहरुको संज्ञा दिएका छन् ।

‘देशमा पार्टी भनेकै एमाले छ । अरु त गठबन्धन भैहाले ।’ उनले भने, ‘कसैको इच्छा पूर्ती गर्नका निम्ती इर्ष्या र कुण्ठाले बामपन्थी आन्दोलनलाई दक्षीणपन्थी विसर्जनवादमा पुगेर सेलाउनका लागि जन्मेका बिभुषणहरु हुन् ।’

उनले एमालेको नीति एमालेकै नेतृत्व रहेको बताएका छन् । रुखको नेतृत्वमा भाइ कांग्रेस हुने वामपन्थीले समाजवादी स्याउ फलाउन नसक्ने उनको भनाई छ ।

गठबन्धनले देश पञ्चायती जस्तै सबै पार्टी गठबन्धन, सबै नेपाली गठबन्धनका भरिया बनाएको आरोप लगाएका छन्।

हेर्नुहोस पूरा अन्तर्वार्ता:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.