आज बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा वर्षाको सम्भावना

डिसी नेपाल
३० साउन २०७९ ६:४५
36
Shares

काठमाडौं। आज देशभर बदली हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा हुने ठानिएको छ।

बुधबार प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आकलन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.