कोरोनाको ८४८ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

डिसी नेपाल
३१ साउन २०७९ १७:४४
44
Shares

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर ८४८ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको स्वास्थ्य परिक्षण हुँदा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा ५ सय २६ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । सोही समयमा एक जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ५ हजार २५९ रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.