नागार्जुनको बाल विकास माविलाई झोला वितरण
तस्बीरः रासस
काठमाडौं । सामाजिक संस्था एसएस फाउण्डेशनले नागार्जुन नगरपालिका–१ रानीवनस्थित बाल विकास माध्यमिक विद्यालयका आठ सयभन्दा धेरै विद्यार्थीलाई झोला वितरण गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का वरिष्ठ नेता पशुपतिशम्सेर राणाले विद्यालयका सबै विद्यार्थीका लागि झोला वितरण गरेका हुन्।
विद्यालयमा आठ सय १० विद्यार्थी अध्ययनरत छन् । झोला वितरणपछि नेता राणाले भने, “शिक्षा आर्जन जीवनका लागि महत्वपूर्ण छ, यसमा जो कोहीले गरेको लगानी खेर जाँदैन”, उहाँले भन्नुभयो, “विद्यार्थीमाथि गरिने लगानी मुलुकको भविष्यमाथिको लगानी हो ।”
फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर विकासका अन्य क्षेत्रमा पनि सहयोग गर्न फाउण्डेशन तयार भएको बताउनुभयो । विशेष गरी विद्यालयमा आवश्यक शैक्षिक सामाग्री, सिसी क्यामेरा, डिजिटल बोर्ड, पोषण, खेलकुदसँग सम्बन्धित सामग्री सहयोग गर्न इच्छुक रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना भएको फाउण्डेशनले यसअघि मुलुकभरका दुई सयभन्दा धेरै स्वाथ्य चौकीमा ‘अक्सिजन कन्सन्ट्रेटर’ सहयोग गरेको थियो । कोडिभ–१९ बाट पीडित बिरामीको उपचारमा उक्त ‘कन्सन्ट्रेटर’ उपयोगी सावित भएको थियो । त्यस बाहेक बाढीपहिरोका बेला उद्धारमा प्रयोग हुने विभिन्न उद्धार सामाग्री पनि फाउण्डेशनले वितरण गर्दै आएको समाजसेवी सोभित उप्रतीले बताए। उनका अुनसार फाण्डेशनले केही महिनाअघि जिल्ला प्रशासन कार्यलय दोलखालाई उद्धारमा प्रयोग हुने यस्तै सामग्री वितरण गरेको थियो ।







डिसी नेपाल








Facebook Comment