२४ घण्टामा २९९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३३७ जनामा परीक्षण गर्दा २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमित ४ हजार ६२५ जना रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment