कपिलवस्तुमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

डिसी नेपाल
५ भदौ २०७९ २१:०८
592
Shares

कपिलवस्तु । कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका-१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएक हो ।

सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनको ज्यान गएको हो ।

सर्पको टोकाइबाट घाइते भएकी उनको उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिँगे लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.