लक्ष्मी लघुवित्तद्धारा ग्राहकहरुलाई व्यवसायिक तरकारी खेती तालिम प्रदान
काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले धादिङको महादेववेशी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई व्यवसायिक तरकारी खेतीतालिम प्रदान गरेको छ। भदौ १ देखि २ गते गरि २ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो।
ग्राहक सदस्यहरुको सीप र क्षमता अभिवृद्धि लागि व्यवसायिक तरकारी खेती तालिम आयोजना गरिएको थियो। तालिमको माध्यमबाट कृषकहरुले स्थानिय स्तरमा उपलब्ध स्रोत र साधनहरुको उच्चत्तम उपयोग गरी कम लागतमा बढी मुनाफा गर्ने साथै तालिमले ग्राहक सदस्यहरुलाई सफल व्यवसायी बनाउन मद्धत पुग्ने अपेक्षा गरिएको छ। तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गरे।
लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र मोबाईल पैसा सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।







डिसी नेपाल








Facebook Comment