अमेरिकामा सुटिङ भएको दाहालको म्युजिक भिडियो बजारमा
काठमाडौं । अमेरिका बसेर निरन्तर गीत संगीत मा लागेका केशब शर्मा दाहाल ले अर्को एउटा सुन्दर सृजना लिएर दर्शक स्रोता माझ आएका छन्।
केशब दाहालको आफ्नै शब्द, उनी र सुबास चम्लिङको संगीतमा तयार पारिएको म्युजिक भिडियोले परदेशमा बसेर पनि जन्मभूमिप्रति अपार माया गर्न सकिन्छ भन्ने झल्काएको छ। नेपाल र नेपालीप्रति गर्व गर्ने सन्देशसहितको यो सिर्जनाले परदेशमा बस्ने नेपालीहरुलाई आफ्नो माटोको माया गर्न प्रेरित गरेको छ ।
सा रे ग म प प्रथम सिजनका उत्कृष्ट तीनमा पर्न सफल गायक अरुण सुनारको म्युजिक भिडियो यो नै पहिलो रहेको र अरुणले अत्यन्त मेहनतका साथ काम गरेको देखिन्छ । आभिनय मा अमेरिकामा नै जन्मिएका निश्चल दाहाल, कुशल दाहालसहित अन्य साथीहरूले राम्रो अभिनय गरेका छन् ।
प्रविनले निर्देशन गरेको यो भिडियोको केही भाग अमेरिका र केही नेपालमा छायांकन गरिएको छ । यो भिडियोलाई केशव शर्मा दाहाल यू ट्युब च्यानलमा हेर्न सकिन्छ ।







डिसी नेपाल








Facebook Comment