अभियान लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट यहाँबाट हेर्नुहोस्
काठमाडौँ। अभियान लघुवित्तको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल १८ लाख ६५ हजार ९२६ आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९८० कित्ता सेयर माग भएको थियो। तीमध्ये हजार २८६ आवेदकबाट परेको १४ हजार १४० कित्ता सेयर बदर भएको छ।
बाँकी आवेदकमा ३० हजार ९२९ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। भने ५ जना भाग्यमानीले थप १–१ कित्ताको दरले सेयर पाएका छन्। यस हिसाबले यो आईपीओमा सदर आवेदकमध्ये १८ लाख ३४ हजार ९९७ जनाको हात खाली भएको छ।
कम्पनीले साउन २४ गतेबाट साउन २९ गतेसम्म प्रति कित्ता १ सय रुपैयाँको दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जारी भएको आइपिओमध्ये ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए।
यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।







डिसी नेपाल







Facebook Comment