आजकाे फलफूल तथा तरकारी मूल्य

डिसी नेपाल
८ भदौ २०७९ ११:२१
424
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा रहेको जनाएको छ।

समितिले बुधबारका लागि तोकेको भाउअनुसार भारतीय ठूलो गोलभेडा, हाइब्रीड घिउ सिमी, तने बोडी, भट्मास र भेडे खुर्सानीको मूल्य ६५ रुपैयाँ रहेको छ भने लोकल सानो गोलभेडाको औसत मूल्य २७ रुपैयाँ ५० पैसा र टनेल गोलभेडा ३४ रुपैयाँ ८० पैसा रहेको छ।

त्यस्तै, रातो आलुको औसत मूल्य ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ, स्थानीय काउली ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३९ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, तितो करेला ३४ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, झिगुनी ४२ रुपैयाँ ५० पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, भिण्डी ४१ रुपैयाँ, स्कुस २७ रुपैयाँ, रायोको साग ११२ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, हरियो प्याज २१३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ २३५ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ।

यसैगरी, कुरीलोको औसत मूल्य प्रतिकेजी ५०० रुपैयाँ, न्यूरो ११५ रुपैयाँ, ब्रोकाउली २४० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, कागती २२० रुपैयाँ, अनार २९० रुपैयाँ, निबुवा ५५ रुपैयाँ ६७ पैसा, किवी ५७५ रुपैयाँ, अदुवा ७५ रुपैयाँ, अम्बा १३० रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २७५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, तामा १२५ रुपैयाँ, हरियो लसुन १४५ रुपैयाँ, हरियो धनिया ४०० रुपैयाँ, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७६ रुपैयाँ र माछा प्रतिकेजी २३५ रुपैयाँदेखि ३१५ रुपैयाँसम्म पर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.