मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने चालकमाथि कारवाही

डिसी नेपाल
८ भदौ २०७९ १२:४१
84
Shares

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज विहान २२७ जना चालकहरू कारवाहीमा परेका छन्।

कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू रहेका छन्।

कारवाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने रहेको कार्यालयले जनाएको छ।

मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.