विराटनगरमा मोटरसाइकल दुर्घटनाको विषयलाई लिएर दुईसमूहबीच झगडा हुँदा १० जना घाइते

डिसी नेपाल
८ भदौ २०७९ १८:१३
68
Shares

काठमाडौं । मोटरसाइकल दुर्घटनाको विषयलाई लिएर विराटनगर–१२ मा दुईसमूहबीच झगडा हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेकोे छ । केही दिन अघि भएको मोटरसाइकल दुर्घटनाको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो ।

गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच पुरानो रिसईबीलाई लिएर दोहोरो झडप हुँदा भएको मोरङ प्रहरीले जनाएको छ । झडपमा गम्भीर घाइते भएका राजकुमारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार अन्य घाइतेको कोसी अस्पतालमा उपचार भइरहेको छ । दोहोरो कुटाकुटमा राजवंशीतर्फका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका छन् । कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय जितनारायण राजवंशी र राजीव राजवंशी बजारबाट घरतर्फ फर्कंदै गर्दा मंगलबार साँझ राजकुमार कामतको घरअगाडि पुगेपछि दुई पक्षबीच विवाद भएको थियो । घटना थाहा पाउनेबित्तिकै पुगेको प्रहरीले दुवै पक्षलाई सम्झाएर पठाए पनि पछि उनीहरू बीच पुनःझडप भएको प्रहरीले जनाएको छ ।

केहीदिनअघि दिनेश कामतले चलाएको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएको थियो । त्यस समयमा दिनेशमाथि कुटपिट भएको थियो । दुर्घटनाका विषयमा प्रहरीमा मिलापत्र भइसकेको थियो । झडपमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.