बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त सुकेधाराबाट पक्राउ

डिसी नेपाल
८ भदौ २०७९ १८:२९
164
Shares

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रूकुमको सिस्‍ने गाउँपालिका-५ सिस्ने घर भई हाल काठमाडौं-१३ बाफल बस्‍ने ३१ वर्षीय अर्जुन बुढाथोकी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुकेधाराबाट पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनीमाथि १ करोड१९ लाख ४ हजार रुपैयाँ जरिवाना र २४ दिन कैद सुनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.