लोपोन्मुख अजिङगरको उद्धार

डिसी नेपाल
९ भदौ २०७९ १५:५०
56
Shares

राजविराज।सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरलाई आज उद्धार गरिएको छ । स्थानीय डम्बरखडगा यादवको फुसको घरकोमाथि चारमा रहेको उक्त अजिङगरलाई उद्धार गरिएको हो ।

सबडिभिज वन कार्यालयबाट गएको टोलीले अन्दाजी छ÷सात फिट लामो लोपोन्मुख अजिङगरलाई उद्धार गरिएको वन कार्यालयका प्रमुख रामदेव चौधरीले जनाकारी दिए ।

करिब १० केजीको उक्त अजिङगरलाई उद्धार गरी कोसी टप्पु वन्यजन्तु आरक्षणस्थित कोसी नदीको पानीमा छाडिएको उनले बताए। नेपाली सेना, नेपाल प्रहरी र स्थानीय गाउँले पनि उद्धारमा खटिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.