काठमाडौंमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जना प्रहरी हवल्दारको मृत्यु

डिसी नेपाल
१२ भदौ २०७९ ११:०८
108
Shares

काठमाडौं। काठमाडाैंको गोकर्णेश्वर नगरपालिका-६ अर्थोपेडिक अस्पताल नजिकै गएराति स्कुटर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्कुटर चालक काठमाडाैंकै शंकरापुर नगरपालिका-५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन्। अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराति पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ। दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ।

मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ। बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे ठोक्किएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.