राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्न आदेश

डिसी नेपाल
१२ भदौ २०७९ २१:०२
128
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासलले आज उक्त पार्टीलाई तीर चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निर्वाचन आयोगले २०७९\५\८ गतेको तिर निर्वाचन चिह्न प्रदान र्ने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु ।”

अध्यक्ष थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले दुवै पक्षको छलफलका लागि यही भदौ १४ गते बोलाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.