युवा संघद्वारा लगनखेलमा डेंगु नियन्त्रण अभियान
काठमाडाैं। राष्ट्रिय युवा संघ नेपालले ललितपुरकाे लगनखेलमा डेंगु नियन्त्रण अभियान सुरु गरेको छ। तीव्र गतिमा फैलिँदै गएको डेंगु नियन्त्रण गर्न युवा संघले यससम्बन्धी सचेतना एवं नियन्त्रण अभियान सुरु गरेको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार यो वर्ष देशभर डेङ्गु संक्रमितको संख्या एक हजार एकसय २६ पुगेको छ, जसमध्ये एक हजार ३९ जना काठमाडौं उपत्यकामा छन्।

पछिलो समयमा युवा संघले जनताका जीवनसँग सरोकार राख्ने मुद्दाहरुलाइ आफ्नो आन्दोलनको कार्यक्रम बनाएर अभियान नै संचालन गरि सम्बन्धित निकायलाइ खबरदारी गरेर कार्यन्वयन गर्न दबाब दिरहेको छ।


प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment