कर्णालीका सवै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको सपथ

डिसी नेपाल
१३ भदौ २०७९ ८:२२
136
Shares

सुर्खेत। कर्णाली प्रदेशवाट प्रतिनित्वि गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज सपथ लिँदैछन्। रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको सपथ लिने भएका हुन्। सो सपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन्।

माओवादीले सवै सांसदलाई भागवन्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो। सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले आइतवार राजीनामा दिएका थिए। रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको सपथ लिने बुझिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.