यस्तो छ आजको मुद्रा विनिमयदर

डिसी नेपाल
१४ भदौ २०७९ १०:०४

काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार पनि अमेरिकी डलरको तुलनामा युरोपियन युरो सस्तिएको छ। पछिल्लो केही दिनयता अमेरिकी डलरभन्दा सस्तो हुँदै आएको युरो आज पनि डलरको तुलनामा ०.१६ पैसा कम रहेको छ।

सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ०९ पैसा र युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६२ पैसा रहेकोमा आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६५ पैसा र बिक्रीमा १२८ रुपैयाँ २५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ०४ पैसा छ भने क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा छ। त्यस्तै, जापानी येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २७ पैसा छ।

चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी रियाल एकको खरिदमा ३३ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३४ रुपैयाँ १५ पैसा भने कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १० पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *