आजको मौसम कस्तो छ ?

डिसी नेपाल
१५ भदौ २०७९ ६:२६
388
Shares

काठमाडौं। दिउँसो दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम बिज्ञान बिभाग, मौसम पुर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ। यसैगरी, राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ।

मौसम बिभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.