फनपार्क शिलबन्दी गर्ने काठमाडौं महानगरको चेतावनी

डिसी नेपाल
१५ भदौ २०७९ १६:१३
2.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरञ्जन कर जरिवानासहित बुझाउन चेतावनी दिएको हो ।

तोकिएको समयभित्र नबुझाएमा फनपार्कमा शिलबन्दी गरी राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने महानगरले लेखेको पत्रमा उल्लेख छ ।

फनपार्कले काठमाडौं महानगरपालिकालाई तिर्न/बुझाउन पर्ने (व्यवसाय कर, वहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) नबझाइ वषौंदेखि व्यवसाय सञ्चालन गरेकोमा यस अगाडि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले यस पत्र लेख्ने कार्य भएको छ,’ ‘महानगरको पत्रमा उल्लेख छ, ‘सो अनुसारको व्यवसाय कर वहाल कर सम्बन्धित् वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जारवानासमेत दाखिला गर्नहुन अनुरोध छ । तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी वाँकी सरह असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *