काठमाडौं जिल्लाका १० वटा क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्लाका १० वटा क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।काठमाडौं जिल्ला कमिटीले बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यको नाम सिफारिस गरेको हो ।
काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराई सिफारिस भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, क्षेत्र नम्बर ३ बाट कृष्ण राई र क्षेत्र नम्बर ४ बाट डा. राजन भट्टराई र निर्मल कुइँकेल सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ५ बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मात्र सिफारिस भएका छन् । यस्र्त क्षेत्र नम्बर ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना सिफारिस भएका छन् । क्षेत्र नम्बर ७ मा इन्दिरा पन्त, रघुजी पन्त, बिपी ढकाल, श्याम घिमिरे र विद्यासुन्दर शाक्य, र क्षेत्र नम्बर ८ बाट राजेश शाक्य सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ, अजय क्रान्ति शाक्य र विद्यासुन्दर शाक्य तथा क्षेत्र नम्बर १० बाट शम्भुराम महर्जन, हिमेष केसी, विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन र सुरेन्द्र मानन्धर सिफारिस भएका छन् ।
सूचीः
क्षेत्र नम्बर १ः विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई
क्षेत्र नम्बर २ः मणीराम फुयाल
क्षेत्र नम्बर ३ः कृष्ण राई
क्षेत्र नम्बर ४ः डा. राजन भट्टराई, निर्मल कुइकेल
क्षेत्र नम्बर ५ः ईश्वर पोखरेल
क्षेत्र नम्बर ६ः योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना
क्षेत्र नम्बर ७ः इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त
क्षेत्र नम्बर ८ः राजेश शाक्य
क्षेत्र नम्बर ९ः कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य
क्षेत्र नम्बर १०ः विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन







डिसी नेपाल








Facebook Comment