ओली निकटका व्यापारीको भवनमा डोजर चलाउने बालेनले यो भवन के गर्लान् ?

डिसी नेपाल
१६ भदौ २०७९ ७:४८

काठमाडौं। मुलुकको कानून कार्यान्वयन गराउने निकाय नेपाल प्रहरीको हेडक्वार्टरको अति निकट एउटा ठूलो भवन छ जसले मुलुकको कानूनको धज्जी उडाइरहेको छ तर पनि नेपाल प्रहरी चूपचाप छ।

यो यस्तो भवन हो जसले नेपाल राष्ट्र बैंकको हरेक बर्ष हुने निरीक्षणलाई पनि ठाडै चुनौती दिँदै आएको छ। अव काठमाडौंका मेयर बालेन्द्र शाह एक्सनमा उत्रिएका छन्, उनका लागि पनि यो भवन हिम्मत परीक्षणको ठूलो उदाहरण बन्ने भएको छ।

नेपाल प्रहरीका महानिरीक्षकको निवास र मुख्यालय, नारायण चौर नक्सालको नाकैमुनि रहेको यो भवन शुभ एपार्टमेण्ट एण्ड ल्याण्ड डेभलपमेण्ट कम्पनीको हो। नारायण चौरबाट प्रहरी हेडक्वार्टरतर्फ जाँदा देब्रेतिर पर्ने गगनचुम्बी यो भवन बनेकै निकै बर्ष भइसकेको छ।

काठमाडौंका मेयर बालेन्द्र शाहले काठमाडौंमा अनाधिकृतरुपमा बनाइएका संरचनाहरु हटाउने र पार्किङका लागि अनुमति लिएर पूरै फ्ल्याट भाडामा लगाएर कमाउने ठूला व्यापारीहरुका कुकर्ममाथि प्रहार गर्दै जे कामका लागि अनुमति लिएको हो त्यसैका लागि प्रयोग गराउने अभियान नै चलाएकाले शुभ अपार्टमेण्टको यो भवनको मनपरि पनि सार्वजानिक भएको हो।

यसका संचालकले भवनको अनुमति लिँदा पार्किङ बनाउँछु भनेर लिएको कागजातहरुले प्रष्ट देखाएको छ। तर, सो तल्लामा उनले बैंकलाई भाडामा लगाएका छन्। बैंकमात्र होइन पार्किङ राख्नु पर्ने ठाउँमा कफी शप पनि राखिएको छ। प्राप्त कागजातअनुसार, बैंक र कफी सप राखिएको तल्लामा “पार्किङ प्रयोजनका लागि मात्र” भनेर लेखिएको छ।

(हेर्नुहोस् कागजपत्रहरु)


पार्किङ फ्लोरमा बैंक अफ काठमाडौं रहेको छ। यो बैंक हरेक बर्ष राष्ट्र बैंकले निरीक्षण गर्नुपर्ने नियम छ। राष्ट्र बैंकका अधिकृतहरु निरीक्षण गर्न जान्छन् तर पार्किङ स्पेसमा बैंक चलाइरहेको कुरालाई अनुमोदन गरेर फर्कन्छन्। उनीहरुले हालसम्म सो बैंकको कस्तो अनुगमन र निरीक्षण गरेका होलान्? पाकिंङ भएको ठाउंमा बैंक चलाउने अनुमति दिएवापत उनीहरुले कति आर्थिक लाभ लिएका होलान्?

अव यो भवन मेयर बालेन्द्र शाहका लागि चुनौती बन्ने भएको छ। एमाले नेता केपी ओली निकटका व्यापारीको अल्फाविटा भवन वानेश्वरमा आफैं पुगी शक्तिसम्पन्न व्यापारीलाई ठाडै चुनौती दिएर पार्किङ स्थलबाट फार्मेसी हटाउने र नहटाए भत्काउने चुनौती दिँदै डोजर चलाएर वाहवाही कमाएका मेयर शाहले त्यस्तै शक्तिशाली व्यापारीको यो भवनको अनाधिकृत प्रयोगलाई के गर्लान्?

डिसी नेपाललाई प्राप्त नक्सापासका तथ्य प्रमाणहरुले भवनको अनाधिकृत प्रयोग गरेको प्रष्टै पारेको छ। अनुमति लिंदा तल्ला थप्नको लागि पार्किङ स्पेस भनिएको हो भने सोअनुसार प्रयोग नभएकाले भवन अनुमति लिँदाको एफएआरको समेत दुरुपयोग भएको प्रष्ट भएको छ।

भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *