सिद्धार्थ बैंकको बैंकिङ्ग कारोबार तीन दिन बन्द हुने

डिसी नेपाल
१६ भदौ २०७९ ९:१६

काठमाडौं।‌ सिद्धार्थ बैंक तीन दिनको लागि बन्द हुने भएको छ। नयाँ फिनाकल प्राथमिक बैंकिङ सफ्टवेयर प्रयोगमा ल्याउनको लागि जडान कार्य गर्नुपर्ने भएको हुनाले शुक्रबार साँझदेखि आइतबार दिनभरसम्म बैंकिङ सेवा ठप्प रहने बैंकले जनाएको छ।

पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा तथ्याङ्क तथा विवरणहरु स्थानान्तरण गर्नुपर्ने भएकाले करिब तीन दिनको समय लाग्ने छ। नयाँ सफ्टवेयरले ग्राहकलाई अझै परिष्कृत सेवा प्रदान गर्न सहयोग पुग्ने बैंक व्यवस्थापनको विश्वास छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *