यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१६ भदौ २०७९ ९:२४

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२६ रुपैयाँ ५४ पैसा र बिक्री दर १२७ रुपैयाँ १४ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४७ रुपैयाँ ३६ पैसा र बिक्री दर १४८ रुपैयाँ ०५ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८५ पैसा र बिक्री दर ८७ रुपैयाँ २६ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ १४ पैसा र बिक्री दर ९ रुपैयाँ १८ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७५ पैसा र बिक्री दर ३३ रुपैयाँ ९१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ५२ पैसा र बिक्री दर ३४ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४४ पैसा र बिक्री दर ९ रुपैयाँ ४८ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *