डोल्टी पावरले आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति

डिसी नेपाल
१६ भदौ २०७९ १०:१५

काठमाडौं । डोल्टी पावर कम्पनीले आइपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैको लागि आइपिओ जारी गर्न अनुमति माग गरेको हो।

कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। यस आइपिओमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *