दुई दिनमा १७ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१६ भदौ २०७९ १०:५३

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ।

बुधबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले घटेर प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय  कायम भएको छ। चाँदी मूल्य प्रति तोला ३० रुपैयाँले घटेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *