राधी विद्युत कम्पनीको हकप्रद सेयर असोज ५ गतेदेखि आउँदै

डिसी नेपाल
१६ भदौ २०७९ ११:२६

काठमाडौँ। राधी विद्युत कम्पनीको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर असोज ५ गतेदेखि बिक्री खुला गर्ने भएको छ। कम्पनीले १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबर हकप्रद सेयर जारी गर्नेछ।

कम्पनीले हकप्रद सेयर जारी गर्न भदौ १२ गते बुक क्लोज गरिसकेको छ। यस अनुसार भदौ १० गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउने छन्।

यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। लगानीकर्ताले यस हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन पाउने छन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *