दोस्रो दिन चोलेन्द्र जबराको बयान जारी

डिसी नेपाल
१६ भदौ २०७९ १२:०९
40
Shares

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको दोस्रो दिनको बयान जारी छ। सिंहदरवारमा महाअभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो।

बुधबारबाट सुरु गरिएको उनको बयान बिहीबार पनि जारी रहेको हो। समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये बुधबार २ वटा प्रश्न सोधिएको थियो।

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए। प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो।

बुधबारको बयानमा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.