श्रृजनशील लघुवित्तको आईपीओ भर्नेको चाप
काठमाडौँ। श्रृजनशील लघुवित्तको आईपीओमा ८३ करोड ५६ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार बिहीबार बिहानसम्म ७ लाख ४७ हजार २८३ जनाले ८३ लाख ५६ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन्। यो मागभन्दा २२.६७ गुणा बढी आवेदन हो।
कम्पनीले १५ भदौदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो।
योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।







डिसी नेपाल








Facebook Comment