कहिले खुल्छ अग्रिम टिकट बुकिङ?

डिसी नेपाल
१६ भदौ २०७९ १४:१०

काठमाडौं। दसैंको नजिकिएसँगै बजारमा चहलपहल सुरु भएको छ। दसैंमा अधिकांश मानिस राजधानी काठमाडौंबाट आफ्नो घर जाने गर्छन्। दशैंको समयमा राजधानी सुनसान हुने गरेको छ।

दसैं नजिकिँदै गर्दा पनि यो पटक राजधानीको बाजालुस्थित नयाँ बसपार्क सुनसान छ। त्यहाँ बसपार्कमा दशैंको कुनै चाप देखिँदैन। दसैंको एक महिना अगाडि अग्रीम टिकट बुकिङ खुल्ने भएपनि यो पटक कहिलेसम्म अग्रिम टिकट बुकिङ खुल्ने मितिको टुंगो लागेको छैन।

नेपाल यातायात व्यवासाय राष्ट्रिय महासंघले अग्रिम टिकट खुल्न बाँकी नै रहेको जनाएको छ। महासंघले चाँडै नै टिकट बुकिङ खुल्ने पनि जनाएको छ।

यस पटक अनलाइन टिकटको पनि धेरै नै प्रयोग हुने अनुमान गरिएको छ। मोबाइलमार्फत टिकट काट्ने व्यवस्था छ। यसले गर्दा यात्रुहरुले सहज तरिकाले टिकट काट्ने र घर जान पाउने व्यवस्था हुने बताइएकाे छ।

महासंघले राजधानी बाहिर जाने यात्रुका लागि प्रयाप्त सवारी साधन भएकाले कुनै समस्या नहुने जनाएको छ। दसैंमा राजधानीबाट करिव २० लाख यात्रु बाहिरिने अनुमान छ।

दशैंमा यातायात विभागले तोकेको भाडा दर नै दिने महासंघले जनाएको छ। दसैंमा बढी भिड हुने भएकाले प्रहरीले बसपार्क क्षेत्रका सुरक्षालाई कडा बनाएको छ।

ट्राफिक प्रहरी र अन्य विभिन्न निकायले यात्रु सहायता कक्ष समेत स्थापना गर्ने व्यवस्था छ । यसबाट यात्रुहरु ठगिने र अन्य समस्या भएमा गुनासो गर्ने स्थान रहन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *