महाभियोग सिफारिस समितिको बैठक बस्दै, कहिले सकिएला बयान ?

डिसी नेपाल
१९ भदौ २०७९ ७:०६
12
Shares

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो।

बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो। समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थियो। महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते  ११ बजे पुन: बयान हुने जानकारी दिएका थिए।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन्। प्रश्नहरु लामो भएकाले समय लागको बताइएको छ।

तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.