जुवाखालबाट नगदसहित १५ जना पक्राउ

डिसी नेपाल
१९ भदौ २०७९ ११:४०

बर्दिया । प्रहरीले बर्दियाको जुवाखालबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–४ माचड चोकमा रहेको सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरीसमेत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक ताससमेत बरामद गरेको छ । प्रहरीले उनीहरुमाथि थुनामा राखी थप अनुसन्धानगरीरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.