उपत्यकाको विभिन्न ३ स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ
काठमाडौं । काठमाडौं प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट अबैध लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट २ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ४९ एम्पुल फेनारगन, ४९ एम्पुल नुर्फिन र ४९ एम्पुल डाईजेपाम समेत बरामद गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे पाँचखाल नगरपालिका–२ देवीथान बस्ने २९ वर्षीय ज्ञान बहादुर तामाङ लगायत २ जना रहेका छन् ।
त्यस्तै बालाजु बाईपास ओरालोबाट २८ एम्पुल नुफिन, २५ एम्पुल डाइजेपाम र ४३ एम्पुल फेनारगन सहित दोलखा सैलुङ गाउँपालिका–३ घर भई बालाजु बाईपास बस्ने २७ वर्षीय बादल श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै गरी, नागढुङ्गाबाट करिब ११ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका–४ बस्ने १९ वर्षीय सुमन प्रजा समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।







डिसी नेपाल








Facebook Comment