मासिक ३० हजार कमाई हुने भन्दै भारत पुर्‍याएर ६ लाखमा मृगौला बेच्ने ४ जना कारागार चलान

डिसी नेपाल
१९ भदौ २०७९ १४:००
84
Shares

काठमाडौं
जबरजस्ती भारत पुर्‍याएर मृगौला बेचेको आरोप लागेका ४ जना कारारगार चलानभएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश सुनाएसँगै उनहरु कारागार चलान भएका हुन्।
उनीहरुले नुवाकोट छहरेका एक युवकलाई जबरजस्ती भारतको कलकत्ताको मुकुन्दपुर पुर्‍याएर उनको मिर्गौला बिक्री गरेका थिए।

कारागार पठाइएकामा शिवपुरी गाउँपालिका–७ ४६ वर्षीय ‘बाँदरे’ भन्ने मुरली दमाई, ३० वर्षीय राजु नेपाली, २६ वर्षीय राजेश परियार र ३० वर्षीय ‘सानु’ भन्ने सुवास नेपाली रहेका छन् ।

यसअघि मानव बेचबिखन ब्यूरोले उनीहरूलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको थियो । ब्यूरोका अनुसार उनीहरूले भारतको एउटा मःमः पसलमा मासिक ३० हजार पारिश्रमिक पाउने गरी जागिर लगाइदिने भन्दै पीडितलाई भारतको कलकत्ताको मुकुन्दपुरमा रहेको रविन्द्रनाथ टेगोर अस्पतालमा पुर्‍याएका थिए । अस्पताल पुर्‍याएपछि ती युवकलाई बेहोस बनाउने सुई लगाएर मिर्गौला पनकालेका थिए । उनीहरूले ती युवकको मिर्गौला ६ लाख रुपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

त्यसपछि उनीहरूले असार ७ गते नेपाल ल्याएर ती युवकलाई छाडेका थिए । उनीहरूलाई प्रहरीले साउन २१ गते पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत काठमाडौंले भदौ १७ गते जगन्नाथदेवल कारागार पठाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.