संसदको आयू लम्ब्याउन खोजेपछि राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिँदै

डिसी नेपाल
१९ भदौ २०७९ १४:१९
1.3k
Shares

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन्। आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन्।

सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन्।

‘आज बस्ने संसद बैठकलाई सम्बोधन गर्दै मैले सांसद पदबाट राजीनामाको घोषणा गर्दैछु,’ राप्रपा लिङदेनले डिसी नेपालसँग भने।

४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू जबरजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसद पदबाट राजीनामा दिन लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.