नक्कली भ्याट बिल जारी गरेका ३ जना विरुद्ध १० करोड रुपैयाँ बढीको मुद्दा दायर

डिसी नेपाल
१९ भदौ २०७९ १५:११

काठमाडौं। नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्धा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले उनीहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौं महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो । विभागले मुल्य अभिवृद्धि करतर्फ एक करोड ७१ लाख ३२ हजार एक सय ७० रुपैयाँ , आयकरतर्फ तीन करोड ७५ लाख १९ हजार एक सय ६८ रुपैयाँ गरी पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ रुपैयाँ बराबरको बिगो गरेको पाइएको छ ।

विभागले बिगोको दोब्बर बराबरको सजायको माग दाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि १० करोड ९३ लाख दुई हजार छ सय ७६ रुपैयाँ बराबरको सजायको माग दाबी विभागले लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.