एकै परिवारका ३ जनाको हत्या गर्ने आरोपित सार्वजनिक

डिसी नेपाल
१९ भदौ २०७९ १७:०२
172
Shares

उदयपुर । जिल्लाको बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका ३ जना सदस्यको हत्यामा संलग्न आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको थियो । धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४० वर्षीय नर बहादुर बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय दिलुटार वादिम खोलामा नर बहादुरले खुकुरी प्रहार गर्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर लगायतको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो । उक्त घटनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.